Connect with us
Kapilvast Forest

दशैं तिहारको बीचमा पढाउने विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ ।
बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो ।
त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुमा उजुरी दिएका थिए ।त्यसपछि इकाइले नगरपालिकालाई पत्र पठाउँदै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे बापत विद्यालयलाई कारबाही गर्न मिन्ले कानुन संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

असोज २५ गते नगरपालिकाले गरेको निर्णय विपरीत दशैं तथा दिपावलीको बीचको समयमा विद्यालय सञ्चालन गरेपछि नगरपालिकाले २७ गतेदेखि विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको र उक्त निर्णय कार्यन्वयन भए नगरबाट दिईने सेवा सुविधा रोक्ने चेतावनी दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu