Connect with us
Kapilvast Forest

एसएलसी ब्याज २०५१ द्वारा शुभकामना आदानप्रदान

२०७९, ३० आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु- बिजया दशमी ,शुभदिपावली तथा छट २०७९ को अवसरमा भृकृटी मा.बि बुड्ढी कपिलवस्तुमा २०५१ सालको एसएलसी ब्याजका बिध्यार्थीरुहको आयोजनमा पुर्नमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुद्धभुमी नगरपालिका वार्ड नं ४ को ढेडुलामाईमा भृकृटी मा.बि बुड्ढी कपिलवस्तुमा २०५१ सालको एसएलसी ब्याजका पुर्व बिध्यार्थीरुहकोआयोजना भएको पुर्नमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा लिटिल फलावर स्कुल घन्चौराका पिन्सीपल नन्दराम सापकोटा, एनएमबि बैंक बनगाई शाखाका शाखा प्रमुख लाल बहादुर भण्डारी, शिक्षक शुब्बा चौधरी लगाएतले आफुहरु स्वदेशमा रहेर वा बैदेशिक रोजगारीको सिलसिलामा देश वाहिर रोजगारीमा रहदा सिकेको सिपलाई समाजको आर्थिक तथा सामाजिक सचेतना बिकासमा उपयोग गर्नु प्रर्ने कुरामा जोड दिनु प्रर्ने भन्दै कार्यक्रमको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बिगत लामो समयदेखी रोजगारीको सिलसिलामा युकेमा रहनु भई बिधार्थी समाजको गठनमा सहयोग गरेकोमा सहपाठी पदमा बुढामगर लाई सम्मान गरिएको थियो ।
राम प्रसाद शर्माको संचालन र उक्तम गिरीको अध्यक्षतमा भएको कार्यक्रममा सहभागीहरुलाई खिमा झाक्रीले स्वागत गर्नु भएको थियो ।
एसएलसी परिक्षा दिए पश्चात करिब २८ बर्ष पछि बिभिन्न पेशामा रहेका ६६ पुर्व बिधार्थीहरु मध्ये २३ जना सहभागी रहेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu