Connect with us
Kapilvast Forest

बुद्धभुमी कुदानमा निशुल्क आँखा शिविर

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

कपिलबस्तुको कुदनामा भएको आँखा शिविरबाट एक हजार ४७ जनाले सेवा लिएका छन् । रोयल थाई मोनास्ट्री लुम्बिनी र स्वर्णभुमि फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा एक दिने निःशुल्क आँखा शिविर भएको हो ।

सो शिविरबाट ३ सय ५१ जनाको मोतिया विन्दुका अप्रेशन हुने लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभयो ।

रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरीब, दलित असाहय परिवारलाई विगत आठ बर्षदेखि निःशुल्क शिविर सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।

यस्तै कपिलबस्तुमा विगत देखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरु गरिदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताउनुभयो ।

त्यस्तै विगतमा कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोनाकालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको मोनास्ट्रीका उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu