Connect with us
Kapilvast Forest

सहकारीहरु उत्पादन क्षेत्रमा लाग्नुपर्छः सांसद केसी

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु –
पैसालाई उत्पादन मुलक क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्नेमा लुम्बिनी प्रदेश सभा सदस्य केसिले जोड दिनुभएको छ । शनिबार अरनिको बचत तथा ऋण सहकारी सस्थाको ५ औँ अधिवेशन तथा १३ औँ बार्षिक साधारणलाइ सम्बोधन गर्दै सांसद केसिले सहकारीहरु उत्पादनसगँ जोडिनु पर्ने बताउनु भयो ।

सहकारी तथा बैँकहरुबाट ऋण लिने छोराको बिहे गर्ने, सुन किन्ने गरेर कहिले पनि उत्पाद मुखि बन्न नसकिने भएकाले यो समाज सम्पन्न हुनलाइ प्रत्यक व्यक्ति उत्पादन मुखि बन्नुपर्नेमा प्रदेश शभा सदस्य केसिले जोड दिनुभयो ।सहकारी संस्थाले कृषिको क्षेत्रमा लगानि गर्दै आर्थिक पाटोलाई अगाडि ल्याउनु पर्ने बताउदै देशको आर्थिक विकासका लागि सहकारीले ठुलो योगदान गरेको उँहाले बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले उत्पादनमा आधारित रहेर सहकारीको माध्यमबाट महिलाहरु सशक्त बनाउदै सहकारीले महिला उद्दमी बन्न सहयोग गरेको बताउदै आगमि दिनमा सहकारीले कृषि क्षेत्रमा मलखात दुधडेरी लगायत अन्य क्षेत्रमा पनि काम गदै जानु पर्न बताउनुभयो ।

चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोखरेल, उद्योग वाणिज्य सघं चन्द्रौटाका अध्यक्ष इश्वरी प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशन तथा साधारण सभाको अवसर पारेर शिवराज नगरपनलिका वडा नं ५ सहजटोल स्थित सस्थाको नवनिर्मित भवनको उत्घाटन पनि गरीएको छ । कार्यक्रममा अध्यक्ष नारायण भाटले सस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नमराज पौडेलले अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu