Connect with us
Kapilvast Forest

विप्लवले मनाए १३०औँ माओ दिवस (फोटो फिचर)

२०७९, १२ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुले शिवगढिमा आयोजित १३०औँ माओ दिवस भव्य रुपमा सम्पन्न भएको छ । दिवस समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ती गर्न सबै कम्युनिष्ट एक जुट हुन आग्रह गर्नुभको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दुख दिएकाले बालेन विरुद्ध सडकमा उर्त्रीन निर्देशन दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष रिसि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नु पर्ने बताउनु भयो । माओसेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्ने अध्यक्ष कट्टेलले बताउनु भयो ।

उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्याइ उनिहरुको स्तरअघि बढाउन माओका विचार अनुसार लाग्नु पर्ने बताउनु भयो । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu