Connect with us
Kapilvast Forest

सालझण्डीमा नेपाल र भारतका सैनिकबिच संयुक्त अभ्यास (फाेटाेफिचर)

२०७९, १४ पुष बिहीबारमा प्रकाशित

रूपन्देही – नेपाल र भारतबीचकाे संयुक्त सैनिक अभ्यास रुपन्देहीको सालझण्डीमा गरिएको छ ।

नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ गतेदेखि सञ्चालन भएकाे नेपाल–भारत संयुक्त सैनिक अभ्यास आज समापन भएकाे हाे ।

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकलदर्जा सहभागी रहेकाे थियाे ।

समापन समारोहमा बलाधिकृत रथी सराेज प्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सीपको विकास र आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu