Connect with us
Kapilvast Forest

तौलिहवामा निर्माण गरिएको नाली र मेडियन गुणस्तरहीन

२०७९, १५ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तुको तौलिहवाको भवनी भिक्षुदेखि गौढी चोकसम्मको मेडियन र नाली निर्माणको काम निम्न गुणस्तरको गरिएको छ। ठेकेदार कम्पनीले आफनो मनोमानीढंगले मेडीएनको काम गरेकोले निर्माण गरेको केही दिन मेडिएनको देवाल भत्किएको र बाङोटिङो निर्माण गरिएको स्थानीय कृष्ण गुप्ताले बताए।

सडक तथा पुर्वाधार डिभिजन कार्यालय शिवपुरले ठेक्का लगाएको सो काम पाएका ठेकदार कम्पनी मनकामना कन्ट्रक्सन सप्लायर्स कम्पनी काठमाण्डौंले पाएको थियो। ठेकेदारले मनपरीढंगले गुणस्तरहीन काम गरे पनि केसैले रोक नलाए पछि स्थानीयबासीले विरोध जनाएका छन्।

स्थानीयबासीको बिरोध र जन गुनासो पछि प्रजिअ धर्मेन्द्रकुमार मिश्र प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले सो कार्यको स्थलगत अनुगमन र निरीक्षण गरेका थिए।

बुधबार र बिहीबार गरी दुई दिन अनुमगन पछि प्रजिअ मिश्रले मेडियन निर्माणको काम ठेकदार पक्षबाट सहीढंगले नगरिएको बताए। उनले मेडियनको देवाल नागबेली जस्तै बाङोटिङो बनाइएको बताए।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले सो काम राम्रो नभएको भन्दै आफुले ठेकेदार पक्ष र सडक डिभिजन कार्यालयलाई पटक पटक आग्रह गरेको बताए। ‘काम सही र राम्रो तरिकाले गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छु’ उनले भने। उता स्थानीय कृष्ण गुप्ताले आफुले भत्किएको मेडीयनको बिषयमा सामाजिक संजलामा राखे पनि त्यसको वेवास्ता गरिएको बताए।

सो कम्पनीका ठेकेदारले काम पेटीमा बेचेर अर्कै ठेकेदारलाई दिएका छन्। सडक डिभिजन कार्यालयका ईन्जीनीयर अर्जुन पाण्डेयले मेडियनको काम लाइन लेन अनुसार नमिलकोे स्विकार गरे। उनले त्यसो हु्नुमा भाइब्रेडरका कारण भएको हुन सक्ने बताए। उनले पनि आफुले ठेकेदारलाई काममा सुधार गर्न आग्रह गरेको बताए।

ठेकेदार कम्पनीले ८० प्रतिशत बढी मेडीयनको काम सकेको छ। बाटोको दुबै तर्फ गरी ५ सय ८० मिटर मेडियन र ढेड सय मिटर नालीको कामको ठेक्का भ्याटसहित १ करोड ८० लाख लागतको रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu