Connect with us
Kapilvast Forest

टोट्टनहामलाई सफलता

२०७९, १० माघ मंगलवारमा प्रकाशित

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले सफलता हात पारेको छ । सोमबार राति भएको खेलमा टोट्टनहामले फुलहामलाई उसैको मैदानमा १-० गोलले हरायो ।

टोट्टनहामको जितमा ह्यारी केनले निर्णायक गोल गर्नुभयो । केनले पहिलो हाफको इन्जुरी समयमा ह्युङ मिन सनको पासमा गरेको गोल टोलीको जितमा पर्याप्त बनेको थियो ।

जितसँगै २१ खेलबाट ३६ अङ्क बनाएको टोट्टनहाम पाँचौं स्थानमा छ । पराजित फुलहाम ३१ अङ्कसहित सातौं स्थानमा छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३९ अङ्क छ । शीर्षस्थानमा रहेको आर्सनलको ५०, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४५ र तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अङ्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu