Connect with us
Kapilvast Forest

प्रेमप्रसादको परिवारलाई अमेरिकाको टेक्सासबाट आर्थिक सहयोग

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सासस्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा विगत एक दशक अघिदेखि होमलेस (घरवारविहीन) हरुको क्षेत्रमा कार्यरत हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल इन्टरनेशनल (एचडिएनपी) ले आचार्यका परिवारलाई सहयोगस्वरुप उक्त रकम प्रदान गर्न लागेको हो । संस्थामा आबद्ध सदस्यहरूबाट संकलन गरिएको उक्त रकम परिवारलाई हस्तान्तरण गरिने एचडिएनपी इन्टरनेशनलले जनाएको छ ।

आर्थिक कारणबाट आचार्यले आत्मदाह गरेको समाचारले प्रवासी नेपाली समुदाय स्तब्ध भएको भन्दै आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने संस्थाका प्रमुख देवी आचार्यले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu