Connect with us
Kapilvast Forest

पाँच अर्बको लगानीमा बुटवलमा केबलकार बन्दै

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

सिद्धार्थनगर- बुटवलमा दुई ठूला केबलकारका परियोजना तीव्र रुपमा निर्माण भइरहेका छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजानेगरी केबलकार परियोजनाको काम तीव्ररुपमा भइरहेको छ ।

तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणधीन छन् । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङमा स्थानान्तरण भएपछि बजार सुस्ताउने अनुमान गरिएकोमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र ‘आर्थिक हब’का साथै पर्यटकीय हब बन्ने अपेक्षा यहाँका व्यवसायीको अपेक्षा छ ।

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूला होटलमा लगानी गरेका यहाँका व्यवसायी केबलकारले यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुने भन्दै हौसिएका छन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वल कसजु बुटवल मात्र नभई सिङ्गो रुपन्देहीले अब दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको बताए। यस्तै कोरोनापछि सुस्त बनेको बुटवलको आर्थिक गतिविधि पनि चलायमान हुने बताउनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu