Connect with us
Kapilvast Forest

प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं- प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।

गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएकोजनाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको जानकारी दिनुभयो ।

सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल -बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu