Connect with us
Kapilvast Forest

६ महिनामा ४१ सुत्केरीको हेलिकोप्टरबाट उद्दार

२०७९, १८ माघ बुधबारमा प्रकाशित

सुर्खेत- नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेको जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सर्खेतले सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्दार गरेको हो ।

हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै मेजर रेनु शाहले गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको जानकारी दिनुभयो ।

जसमा कर्णालीका छब्बीस र सुदूरपश्चिमका पन्ध्र जना रहनुभएको छ । जसमध्ये कर्णालीका डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट छ, हुम्लाबाट दुई, रुकुमबाट तिन जना रहनुभएको छ । यस्तै जुम्लाबाट एक, कालीकोटबाट तिन, जाजरकोटबाट पाँच सुत्केरीको उद्दार गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu