Connect with us
Kapilvast Forest

शिवराज खेलकुद महोत्सव सुरु (फोटो फिचर)

२०७९, १८ माघ बुधबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सुरु भएको छ । माघ १८ गते देखि २९ गते सम्म चल्ने खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरि आजबाट खेलको उदघाटन समारोह सुरु भएको शाखा प्रमुख पुर्ण विश्वकर्माले वताउनुभयो ।
प्रतियोगीतमा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले वताउनुभएको छ । राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड , हाईजम्प , लङजम्प , मेयर कप तर्फ पुरुष फुटवल , भलिवल , क्रिकेट र व्याडमीन तथा उपमेयरकप तर्फ महिला फुटवल , भलिवल , क्रिकेट र करांते प्रतियोगीता समाविेश गरिएको अध्यक्ष चौधरीको भनाई रहेको छ ।

शिवराज नगरपालिकाले यस वर्षवाट उत्कृष्ट खेलाडीको पहिचान गरी क्षेत्रीय तथा राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीता सुनिश्चत गर्ने नगरप्रमुख अजय थापाले विश्वास व्यतm गर्नुभयो । नगर प्रमुख थापाले शिवराज नगरपालिका खेलाडीको अभिभावक वन्ने वताउनुभएको छ ।

प्रतियोगीता अन्तरगर्त मेयर कप तर्फ ८ लाख , उपमेयर तर्फ ७ लाख , राष्ट्रपति रनिङ सिल्ड तर्फ ५ लाख र शसर्त अनुदानवाट प्राप्त भएको १ लाख गरी करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।

तस्बिर : न्युज सेन्टर नेपाल

            

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu