Connect with us
Kapilvast Forest

रौतहटमा फरार अभियुक्तको चक्कु प्रहारबाट हवल्दार घाइते हवाइ फायर गरी पक्राउ

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

वीरगञ्ज- फरार अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरीमाथि रौतहटमा चक्कु प्रहार भएको छ । फरार अभियुक्तको चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका हुन् ।

बुधबार दिउँसो रौतहटको गौर नगरपालिका वडा नं. २ लालबकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको भन्ने सूचना प्रहरी समक्ष आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी टोलीले सर्च अप्रेशन गरेको थियो । गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने १९ वर्षीय राहुल यादव र गौर नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका हुन् ।

प्रहरी सहायक हवल्दार सुरेशको दाहिने हातमा चोट लागेको छ । प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाइफायर गरी राहुल यादवलाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ । घटनापछि भाग्न सफल रविलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu