Connect with us
Kapilvast Forest

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

२०७९, २१ माघ शनिबारमा प्रकाशित

गुल्मी- जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पत्तिलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको शेख अताहुसैइं–१८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा पक्राउ परेका सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णु अधिकारीलाई आज शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भइ बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो ।उक्त घटना अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डको टोली घटनास्थलमा खटिएको थियो ।

अनुसन्धानका क्रममा अधिकारी दम्पत्तीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पत्तीले सञ्चालन गरेको भुवन होटलमा बस्दै आएका थिए ।

मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले शेखको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu