Connect with us
Kapilvast Forest

खाद्य कम्पनीमा चामल खरिद गर्नेको भीड

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौँ- बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड लाग्न थालेको छ ।

पछिल्लो समय बजारमा निजी व्यवसायीले चामलको मूल्य बढाएपछि सस्तो मूल्यमा खरिद गर्ने ग्राहक बढ्दै गएका हुन् । अन्य समयमा फाट्टफुट्ट ग्राहक जाने गरेकामा अहिले कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट सस्तोमा चामल खरिद गर्न बिहानदेखि बेलुकासम्म ग्राहकको भीड लाग्ने गरेको कम्पनीले जनाएको छ । बजार मूल्यभन्दा कम्पनीले वितरण गर्ने चामल प्रतिकेजीमा सातदेखि १४ रुपियाँ सस्तो रहेको छ ।

कम्पनीले जिरा मसिनो चामल प्रतिकेजी ७० रुपियाँमा बिक्री गरेको छ । यस्तै सोना मनसुली चामल प्रतिकेजी ५३ रुपियाँ, मकवानपुर चामल प्रतिकेजी ५० रुपियाँ र बास्मती चामल प्रतिकेजी ११० रुपियाँमा बिक्री भइरहेको छ ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बजार मूल्यभन्दा सस्तो भएकाले चामल खरिद गर्ने ग्राहकको आकर्षण बढ्दै गएको बताउनुभयो । उपभोक्तालाई राहत दिन सुपथ मूल्यमा चामल वितरण गरिरहेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu