Connect with us
Kapilvast Forest

उपचार र मनोबलको लोभलाग्दो सफलता

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौँ- क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै गर्दा सँगालेको यो अनुभव हो ।

क्यान्सरले थलिए पनि शरीरलाई उहाँले कहिल्यै ओछ्यानमा थलाएर राख्नुभएन । क्यान्सरसँगै चलायमान जीवन बाँचेरै उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । त्यसैले क्यान्सर दिवसका दिन शनिबार उहाँ आफैँले फेसबुकमा स्ट्याटस लेख्दै “भोलि आइतबार ६४औँ पटक किमोथेरापी दिन जान लागेको” जानकारी दिनुभएको छ ।

क्यान्सर पछार्न ६३औँ पटक किमोथेरापी र यभास्टिन थेरापी लिनु, २० पटक रेडियो थेरापी लिनु र चार पटक शल्यक्रिया गर्नु मात्र उहाँको हिम्मत होइन । त्योभन्दा लोभलाग्दो र प्रेरणादायी कथा त क्यान्सरलाई पटक–पटक पछार्दै उहाँले पाएको सफलताको छ ।

क्यान्सर लागेकै बेला उहाँले विद्यावारिधि सक्नुभयो, जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयमा फेलोसिपमा काम गर्नुभयो र नेपालमै गणित विषयको कान्छो उमेरमा प्राध्यापक बन्नुभयो । उहाँ ४१ वर्षमै त्रिभुवन विश्वविद्यालय गणित विषयको प्राध्यापक हुनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu