Connect with us
Kapilvast Forest

युनाइटेडले जित्दा आर्सनल र लिभरपुल पराजित

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौं- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।

अर्को खेलमा शीर्षटोली आर्सनल एभर्टनसँग १–० गोलले स्तब्ध बन्यो । लिभरपुलले वल्भ्ससँग ३–० गोलको लज्जासपद हार खेप्यो । १० खेलाडीमा समेटिएको युनाइटेटलाई जिताउन ब्रुनो फर्नान्डेजले सातौं र मार्कस रासफोर्डले ६२औं मिनेटमा गोल गर्नुभयो ।

क्रिस्टलका जेफ्रे सचलुपले ७६औं मिनेटमा सान्त्वना गोल गर्नुभयो । ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । क्यासमिरोले अनावश्यक फल खेलेपछि उहाँलाई रातो कार्ड देखाइएको थियो ।

जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले २१ खेलबाट ४२ अङ्क बनाएको छ । पराजित क्रिस्टल २४ अङ्कसहित १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४५ अङ्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu