Connect with us
Kapilvast Forest

नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्ब घट्यो

२०७९, २२ माघ आईतवारमा प्रकाशित

नेपालगञ्ज- पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ ।

चालु आर्थिक वर्ष २०७९-०८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गतवर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार जमुनाह नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आर्थिक वर्षको गत ६ महिनामा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपियाँ घाटा भएको छ ।

तर पनि सो घाटा गतवर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड ६८ लाख ७२ हजार रुपियाँ कम भएको अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार गतवर्ष सोही अवधिमा नेपालगञ्ज नाकाबाट ४० अर्ब ८६ करोड ९८ लाख ९५ हजार रुपियाँ व्यापार घाटा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu