Connect with us
Kapilvast Forest

साफ यू-२० महिला च्याम्पियनसिप : जित्नै पर्ने खेलमा नेपाल आज भारतसँग खेल्दै

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।

एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो ।

तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्नु ठूलो चुनौती छ । नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेकोले भारत नेपालसँग हार्न चाँहदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu