Connect with us
Kapilvast Forest

लोकसेवा मार्फत विज्ञापन खुलाउन मुख्यमन्त्री समक्ष ज्ञापन पत्र

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

जनकपुरधाम- मधेस प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले ज्ञापन पत्र बुझाएका छन् । लोकसेवा आयोग भएता पनि मधेस प्रदेशमा पटक पटक करार सेवामा कर्मचारी भर्ना गरेको प्रति आपत्ति जनाउँदै करार सेवामा कर्मचारी भर्नाको विज्ञापन नखुलाई लोकसेवा मार्फत विज्ञापन खुलाउन माग गर्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले सोमबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

साथै करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन समत गरेका छन् । प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले करार पदपूर्ति बन्द गर्नुपर्ने, मधेस प्रदेश लोकसेवा आयोग निष्क्रिय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यपालिका समावेश गरी सार्वजनिक गर्नु पर्ने लगायतका माग गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu