Connect with us
Kapilvast Forest

अख्तियारद्वारा नगरप्रमुख सहित १८ जनाविरुद्ध मुद्दा

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य विभिन्न क्रियाकलापमा संलग्न रहेको आरोपमा १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले धनुषाको शहीद नगर नगरपालिकास्थित बिसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्मको कृषि सडक निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १२ जना विरुद्ध मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैशीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखिया रहेको अख्तियारले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, आर्थिक प्रशासन शाखाका प्रमुख नन्दकुमार झा, इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत र योजना शाखाका प्रमुख विन्देश्वर यादवलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

त्यस्तै शहीद नगर नगरपालिकाको बिसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्मको कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिव क्रमशः कारी चमार, रेखाकुमारी र लखनदे यादवविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। मुद्दा दायर गरिएका सबैलाई जनही दुई लाख १२ हजार ८१६ रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ।

आयोगले सोमबारै हुम्लाको कृषि ज्ञान केन्द्रका तत्कालीन निमित्त कार्यालय प्रमुख रामसुरत पालसहित छजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कृषि विकास कार्यालयले जिल्लाकै सिर्जनशील कृषि सहकारी संस्था लिमिटेडलाई अनुदानबापत दिइएको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

कार्यालयले आर्थिक वर्ष २०७५/७६ को सहकारी नमुना गाउँ स्थापना तथा सञ्चालन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत उक्त रकम दिएको थियो। तर वास्तविक काम भएकोभन्दा धेरै बिल तथा भर्पाइँ बनाएर रकम हिनामिना गरेको आरोप रहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu