Connect with us
Kapilvast Forest

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः४५ बजे भर्चुअल माध्यमबाटसार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकका निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले सार्वजनिक गर्ने मौद्रिक नीतिको समीक्षाका लागि सञ्चार माध्यम एवम् पत्रकारहरूका लागि जुम आइडी र पासवर्ड उपलब्ध गराइएको छ ।

गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत गरेको हो ।

मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ ।

यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu