Connect with us
Kapilvast Forest

विद्यार्थी भर्नामा कृषि विश्वविद्यालयको दोहोरो नीति–पराईलाई परीक्षा आफ्नालाई सिफारिस

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सिफारिसको आधारमा पनि विद्यार्थी भर्ना लिनेगरी सूचना निकालेको छ।विश्वविद्यालयले माघ २२ गते कृषि स्नातकोत्तर तह एमएससी एजी र एमएसपी वायोटेक्नोलोजी को प्रवेश परीक्षाको लागि जारी गरेको सूचनामा १४६ जना विद्यार्थीलाई प्रवेश परीक्षाबाट र अन्यलाई मनोनयन र सिफारिसका आधारमा भर्ना लिन लागेको उल्लेख छ।

विश्वविद्यालयले यसअघि पनि नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद् तथा अन्य संघ संस्थाहरूबाट मनोनित भइ आउने विद्यार्थीहरुलाई भर्ना लिने गरेको थियो।
ती निकायमा रहेर लामो समय सेवा गरेका स्थायी कर्मचारीहरूलाई मनोनयनको आधारमा विश्वविद्यालयले प्रवेश परीक्षा नै नलिई भर्ना गर्दै आएको थियो। त्यसका लागि विश्वविद्यालयले विभिन्न निकायसँग सम्झौता गरेको छ।

तर अहिले विश्वविद्यालयले आफैले सिफारिस गरेको आधारमा पनि प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्नसक्ने भन्दै सूचना जारी गरेको छ। कृषि स्नातकोत्तर तह(एमएससी एजी र एमएसपी वायोटेक्नोलोजी)मा अध्यापन गराइने विभिन्न विषयहरूमा १४६ जनालाई भर्ना लिइनेछ।

उक्त संख्यामा विश्वविद्यालयसँग नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद् तथा अन्य संघ संस्थाहरुबाट एमओयू भए बमोजिम मनोनयन भई आउने व्यक्तिहरु र कृषि तथा वन विश्वविद्यालयबाट सिफारिस भई आउने व्यक्तिहरुलाई समावेश गरिएको छैन,’ सूचनामा भनिएको छ।

उक्त सूचनामा मनोनयन तथा सिफारिस भई आउने व्यक्तिले प्रवेश परीक्षामा सामेल हुन नपर्ने उल्लेख छ। यसको अर्थ १४६ जनाभन्दा बाहेक जति पनि विद्यार्थीहरु मनोनयन र सिफारिसको आधारमा भर्ना हुनसक्ने छन्। उनीहरुले कुनै पनि परीक्षामा सहभागी हुनपर्ने छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu