Connect with us
Kapilvast Forest

अध्ययनसँगै च्याउखेती

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

भजनी- पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषिविज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययनसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आउनुभएको छ ।

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउखेती गर्दै आएकी उहाँलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् । भाडाको बसाइ सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने विपनाले भन्नुभयो च्याउखेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ ।

त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ । समूहमा जोडिएका अछाममा रमेश साउँद मङ्गलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिनुहुन्छ ।

उसो त उहाँहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाउनुभएको छ । उहाँहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पु¥याउनुहुन्छ । उहाँसँगै एकदुई जना अन्य साथी पनि सँगै हुन्छन् ।

बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उहाँहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउखेतीको बारेमा बुझाउन पनि ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu