Connect with us
Kapilvast Forest

बलेफीमा कोठाभित्र बसेर उपभोक्ता समिति गठन

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।

सोही पालिकाको वडा नम्बर ७ को अमलटार बस्ती संरक्षण समिति पनि उपभोक्ता भेला नगराई कोठाभित्रै बसेर उपभोक्ता समिति चयन गरिएको छ । खेलमैदान उपभोक्ता समितिका अध्यक्ष मीन बहादुर तामाङ वडा नम्बर ७ का हुन तर वडा नम्बर ६ मा बन्ने खेलमैदानमा उपभोक्ता समितिको अध्यक्षमा चयन गरिएको छ ।

स्थानीय तथा उपभोक्ता जेकी लामाले सार्वजनिक भेला नगरी कोठाभित्र बसेर गुपचुपमा समिति बनाउँदा उपभोक्ताहरू मारमा परेको बताउनुभयो । उक्त खेलमैदान अँधेरी युवा क्लबले नै निमार्ण र संरक्षण गर्दे आएको उक्त क्लबका अध्यक्ष समेत रहेका लामाले बताउनुभयो ।

उक्त खेलमैदानमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयबाट ३० लाख, भू–तथा जलाधार व्यवस्थापन कार्यालयले १० लाख बजेट विनियोजन गरेको छ । बलेफी गापा–७ को अमलटार बस्ती संरक्षण समितिमा त्रिपुरा सुन्दरी गाउँपालिका–५ का गोपाल गदाललाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ ।

फरक गाउँपालिकाकाको मान्छे फरक गाउँपालिकाको उपभोक्ता समितिको कुनै पदमा बस्न नपाउने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । उक्त बस्ती संरक्षणको लागि पनि ३० लाख बजेट आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu