Connect with us
Kapilvast Forest

क्यान्सर पीडित विश्वकर्माद्वारा सहयोगको अपिल

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आउनुभएको छ । पछिल्लो अवस्थाले उहाँ आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको देखिएको हो ।

अहिलेसम्म उहाँले कहिल्यै कसैलाई उपचारका निम्ति गुहार माग्नुभएको थिएन । उहाँसँग भएको धेरथोर रकमबाट सकेको उपचार गर्दै आउनुभएको छ । पाँच वर्षसम्म रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिले काम नगर्दा पैसा खर्च हुँदै गए पनि उहाँ निको हुन सक्नुभएको छैन ।

यसअघि नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता लाग्न सकेको थिएन । उहाँ हाल भारतको लखनउको भगवती रूप अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँमा लागेको रोग क्यान्सर भएकाे पुष्टि भएको छ ।

चार महिनादेखि उक्त अस्पतालमा उपचार गराई रहनुभएको छ । उहाँले अस्पतालको बेडबाटै हालसम्म तीस लाख खर्च भएको बताउनुभयो । उहाँले भएको रुपियाँ सकिएका कारण अब उपचारका लागि आर्थिक सङ्कट सुरु भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu