Connect with us
Kapilvast Forest

८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu