Connect with us
Kapilvast Forest

दुई सय २९ कुकुर र बिरालोको स्थायी बन्ध्याकरण

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

फिदिम- पाँचथरमा २ सय १९ कुकुर र १० बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ । रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तरगत यत्तिका कुकुर बिरालोको स्थायी बन्ध्याकरण गरिएको हो ।

बन्ध्याकरणका लागि भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माघ २७ देखि २९ गतेसम्म शिविर चलाएको थियो । यस अवधिमा सामुदायिक ९९ र घरपालुवा कुकुर १ सय २० गरी २ सय १९ मध्ये कुकुर तथा १० वटा बिरालोको बन्ध्याकरण गरिएको भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख मनोज महतोले जानकारी दिनुभयो । बन्ध्याकरण पछि सबै जनावरलाई रेबिज बिरुद्वको खोप लगाइएको पनि उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu