Connect with us
Kapilvast Forest

यातायात व्यवसायीको बन्द फिर्ता

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो । दुवै पक्षबीच भएका सहमतिलाई लिएर प्रेस वक्तव्य तयार हुँदै गरेको जानकारी पनि सल्लाहकार गिरीले गोरखापत्र अनलाइनलाई दिनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग यातायात व्यवसायी र मजदुरबीच सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको र यातायात बन्दका कार्यक्रम फिर्ता लिने निर्णय भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu