Connect with us
Kapilvast Forest

नेपाल सहभागी हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा रुसले पनि खेल्ने

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- रुसको महिला युवा टोलीले बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै रुसको सहभागिता हुने पुष्टी गरेको छ ।

युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र युरोपेली फुटबल महासंघ यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण रुस र रुसी क्लबले पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छन् ।

प्रतिबन्ध छल्नकै लागि रुसको फुटबल संघका अध्यक्षले यूईएफएको सदस्यता त्यागेर एसियाली फुटबल महासंघ एएफसीको सदस्यता लिने प्रस्ताव गरेका छन् । यस्तो स्थितिमा एएफसीमातहतकै दक्षिण एसियाली फुटबल महासंघ साफले यू-१७ महिला च्याम्पियनसिपमा रुसलाई सहभागी गराएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu