Connect with us
Kapilvast Forest

रेडियो नेपालको सेवा परिवर्तित समयसँगै सुधार गरौँ : मन्त्री शर्मा

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

तुलसीपुर- सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ । रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारणको निर्माणाधीन भवन निरीक्षणमा मन्त्री शर्माले रेडियोले नेपालले प्रसारण सेवा क्षेत्र बढाउन निर्देशन दिनुभयो ।

उहाँले इतिहासका पानामा रेडियो नेपालको भूमिका महत्त्वपूर्ण भएकाले त्यो भूमिकालाई प्रविधिसँग जोड्दै स्रोतासमक्ष पुग्ने कार्यक्रम तयार पार्नुपर्ने बताउनुभयो । उहाँले रेडियो नेपालको सम्पत्ति प्रशस्त भए पनि त्यसलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेमात्रै सार्थकता प्रदान हुने जनाउनु भयो ।

मन्त्री शर्माले भाषाको संरक्षणमा रेडियोको भूमिका महत्त्वपूर्ण भएकाले नेपालमा बढी बोलिने भाषामा समाचार तथा कार्यक्रम उत्पादन गर्न प्रोत्साहित गर्नुभयो । उहाँले रेडियो नेपालको लुम्बिनी प्रादेशिक प्रसारणको निर्माणाधीन भवनको निर्माणकार्यलाई गति दिनका लागि पुनः प्राविधिक रिपोर्ट तयार पार्न निर्देशन दिनुभयो ।

उहाँले संरचना निर्माणका लागि रेडियो नेपालको नेतृत्वलाई पहलकदमी लिन निर्देशन दिनुभयो । मन्त्री शर्माले निर्वाचित भएदेखि नै जिल्लाको फोरलेन सडकखण्ड निर्माणमा चासो देखाए पनि अन्तर्राष्ट्रिय निर्माण कम्पनीका कारण सम्पन्न हुन समय लागेको जानकारी दिनुभएको छ ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण सेवाबाट अहिले मगर खाम, पश्चिमी थारु र अवधि भाषामा समाचार, कार्यक्रम उत्पादन भइरहेकाले संरचना निर्माणसँगै अन्य भाषामा समेत प्रसारण गरिने बताएकि छिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu