Connect with us
Kapilvast Forest

पठाओको चर्को अफलाइन बार्गेनिङ्ग

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- सार्वजनिक सवारीसाधन नचलेपछि पठाओ र निजी मोटरसाइकलले मनोमानी भाडा लिएर यात्रु चढाउने गरेका छन् । सरकार र यातायात व्यावसायीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित भए पनि अहिलेसम्म सार्वजनिक सवारी चलेका छैन ।

उपत्यकामा लोकप्रिय भएको पठाओ सेवामा जोडिएर मोटरसाइकल सञ्चालन गरेकाहरू अहिले अनलाइन सेवा छाडेर अफलाइन बार्गेनिङ्ग गरेर चर्को शुल्कमा यात्रु बोकेका छन् ।
सार्वजनिक सवारी गुड्ने आससहित सडकमा निस्केका यात्रु सवारी नचल्दा मर्कामा परेका छन् ।

कीर्तिपुरबाट सुन्धारा जानका लागि निस्कनुभएका महेश तामाङ सार्वजनिक गाडी नआएपछि अनलाइन पठाओ बुक गर्न थाल्नुभयो तर अनलाइन बुकिङ गरेको पठाओले रिजेक्ट गर्‍यो । नजिकै भएको पठाओले अफलाइनमा चार सय रुपियाँमा लान तयार भएको उहाँ सुनाउनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu