Connect with us
Kapilvast Forest

प्रहरीलाई गृह मन्त्रालयको निर्देशन : मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने यो प्रहरीको नियमित काम पनि हो, बाहिर आएका घटनाले हाम्रो पनि ध्यानाकर्षण भएको छ दोषी पहिचान गरेर कारबाही गर्न सचिवज्यूले निर्देशन दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu