Connect with us
Kapilvast Forest

डडेल्धुरामा खाद्यान्न न्यून

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

डडेल्धुरा- एउटा मानिस स्वस्थ रूपमा बाँच्न प्रतिवर्ष १९० किलो खाद्यान्न चाहिन्छ। त्यो आधारमा भने डडेल्धुरावासीलाई २८१ मेट्रिकटन खाद्यान्न न्यून रहेको छ। चालू आर्थिक वर्ष २०७९/८० को कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार डडेल्धुरामा खाद्यान्न न्यून रहेको छ। डडेल्धुराले त्यो अपुग खाद्यान्न कैलाली तथा कञ्चनपुरजस्ता तराईका जिल्लाबाट पूर्ति गरिरहनु परेको छ।

खेती योग्य जमिन दिन प्रतिदिन घट्दै गएका कारण उत्पादनमा ह्रास आउने गरेको कृषि विकास निर्देशनालय दिपायल डोटीका निमित्त निर्देशक यज्ञराज जोशीले बताउनुभयो। सुदूरपश्चिममा माटो उर्वर शक्तिमा समेत ह्रास आइरहेको उहाँले बताउनुभयो। उहाँले माटो उर्वर हुनलाई कम्तीमा पनि तीन दशमलव छ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्ने उल्लेख गर्नुभयो। अहिलेसम्मको तथ्याङ्क हेर्दा ५२ प्रतिशत खेतीयोग्य जमिन नास भइसकेको उहाँले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu