Connect with us
Kapilvast Forest

विश्वविद्यालय बनाउने निर्णयको स्वागत

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

धनगढी- कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको सुदूरपश्चिमवासीले स्वागत गरेका छन्। प्रारूपको टुङ्गो लागेपछि चाँडै सञ्चालनमा आउने भन्दै उनीहरूले सरकारको निर्णयको स्वागत गरेका हुन्। आइतबार सरकारले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

गेटामा विश्वविद्यालय बनाउने सरकारी निर्णय राम्रो रहेको कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताउनुभयो। निर्माण लगभग अन्तिम चरणमा रहे पनि प्रारूपको टुङ्गो नलाग्दा सञ्चालनको अन्योल देखिएको छ तर सरकारको निर्णयले आश पलाएको यस प्रदेशवासीले बताएका छन्। विश्वविद्यालय बनाउने सरकारको निर्णय स्वागत योग्य निर्णय रहेको नारायण रानाले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो तर निर्णय मात्रै गरेर भएन यथाशीघ्र सञ्चालन हुनुपर्छ। सरकारले गरेका कतिपय निर्णय लागू नै हुँदैनन् त्यसैले काम नहुँदासम्म धेरै खुसी हुने अवस्था छैन।”

कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक सीताराम भट्टले सुदूरपश्चिमवासीको निरन्तर दबाब र खबरदारीपश्चात् सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको बताउनुभयो। मेडिकल विश्वविद्यालय जति छिटो र प्रभावकारी बन्यो त्यति नै जनताले स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ। यस प्रदेशवासीले विश्वविद्यालय बनाउने निर्णयको स्वागत गरे पनि सरकारको निर्णयमाथि धेरै विश्वास गर्न सकिने आधारहरू नरहेको केहीले बताएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu