Connect with us
Kapilvast Forest

कपिलवस्तुका ७ छोटी भन्सार कार्यालय १५ बर्ष देखी बन्द

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु- कपिलवस्तुका ७ छोटी भन्सार कार्यालय १५ बर्ष देखी बन्द रहेका छन । जिल्लाको कृष्णनगर भन्सार अन्तरगत रहेको भिल्मी, हरिहरपुर कुशहवा, बाणगंगा छोटी भन्सार कार्यालय १५ बर्ष देखी बन्द भएका छन । यस्तै सुठौली भन्सार कार्यालय अन्तरगत दोहनी, रगंपुर, गौरा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको छ । तत्कालीन माओवादी द्वन्द्वका बेला कपिलवस्तुका सबै भन्सार कार्यालय विस्थापित भएको थियो ।

शान्ति स्थापना भएपछी सुठौली र चाकलचौडा भन्सार कार्यालय सन्चालन भएपनि अझैसम्म ७ वटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको कपिलवस्तुका जानकार रवि ठाकुरले बताउनुभयो ।

शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि छोटी भन्सार कार्यालय अझैसम्म सञ्चालन नआउदा राजस्व संकलनमा समेत कमी आएको कपिलवस्तुका रहिस शाहले बताउनुभयो । छोटी भन्सार नाका नजिकमा गाँउका स्थानियहरु भन्सार सन्चालन गर्नका लागि पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको शाहले बताउनुभयो ।

भन्सार कार्यालय सञ्चालन नहुँदा व्यवसायीलाई नेपाल–भारत व्यापार गर्न समस्या भएको स्थानीय महाराजगंज नगरपालिका वडा नं १० हरदौनाका वडाअध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनुभयो ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख गगन बहादुर वि.कले छोटी भन्सार नाका सन्चालनका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट कुनै पनि सुचना नआएको बताउनुभयो । छोटी भन्सार नाका सन्चालनका लागि कार्यालय र कर्मचारी व्यवस्थापन पठाए मात्र सन्चालनमा आउने भन्सार प्रमुख वि.कले बताउनुभयो ।

सुठौली भन्सार कार्यालयका सूचना अधिकारी कृष्ण विश्वकर्माका अनुसार छोटी भन्सार कार्यालय भवनको निरीक्षण गरी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार उल्लेख गरी केन्द्रमा जानकारी पठाएको बताउनुभयो ।

भन्सार कार्यालयबाट पैठारी हुने मूख्य मूख्य बस्तुहरुमा बकज, क्लिङ्कर, जिप्सम, फालम, पत्थर कोईला, एम. एस. बिलेट, भेनियर सिट, हरियो फलफुल तथा तरकारी, खाद्यन्न, माल्ट, सूर्तिजन्य पदार्थ, सिसि बोतल लगायतका सामाग्री रहेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu