Connect with us
Kapilvast Forest

सांसद भण्डारी र आमालाई तत्काल विदेश लैजान अस्पतालको सिफारिस

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते हुनुभएका सांसद चन्द्रप्रसाद भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान अस्पतालले सिफारिस गरेको छ ।
गएराति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा कांग्रेस नेता एवम् सांसद भण्डारी र उहाँकी आमा गम्भीर घाइते भएपछि राति नै कीर्तिपुर अस्पताल भर्ना गरिएको हो ।

अस्पतालले आज बिहान प्रेस नोट जारी गर्दै सांसद भण्डारी र उहाँ कि आमाको थप उपचारका लागि देश बाहिर लैजान सुझाव दिएको हो । अस्पतालका मेडिकल डाईरेक्टर निर्जना ताम्राकार र जनरल उपचार विभाग प्रमुख डा. नकर्मीले आज संयुक्त विज्ञप्ति जारी गर्नुहुँदै सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सम्भव नहुने देखिएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ । अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार, दुबै हातखुट्टा गरी ३० प्रतिशतसम्म जलेको छ भने आमा ७० प्रतिशत शरीरको भाग जलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu