Connect with us
Kapilvast Forest

एक चौथाइ सदस्यले महाभियोग ब्युँताउन सक्ने प्रस्ताव

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौँ- प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा राष्ट्रपति वा उपराष्ट्रपति तथा संवैधानिक निकायका प्रमुखमाथिको महाभियोगको प्रस्तावका विषयमा गरिएको मस्यौदाको व्यवस्थामा अझै सहमति हुन सकेको छैन।

तथापि मस्यौदाको विषयवस्तुमाथि सदस्यले बिहीबार समितिको बैठक बस्नुअघि फरक मत राख्न पाउने गरी बैठक स्थगित भएको छ। समितिले बिहीबार नै मस्यौदाको अन्तिम रूप दिने तयारी गरेको छ।

मस्यौदामा राखिएको व्यवस्था संविधानसँग बाँझिएको दाबी गर्दै केही सदस्यले आपत्ति जनाएपछि लगातार दुई दिनसम्म समितिले महाभियोगको प्रस्तावबारे छलफल गरे पनि टुङ्गो लाग्न नसकेको हो।

बुधबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले संवैधानिक अङ्गका प्रमुखमाथिको महाभियोगको प्रस्ताव निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले टुङ्गो लगाउन सक्ने मस्यौदाको व्यवस्थामा सहमति जनाउनुभयो तर नेकपा एमालेका सांसद महेश बस्नेतले भन्नुभयो प्रतिनिधि सभाको कार्यकाल सकिँदा दर्ता भएको विधेयक स्वतः निष्क्रिय हुने तर महाभियोग प्रस्ताव सक्रिय रहिरहने व्यवस्था संविधानविपरीत हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu