Connect with us
Kapilvast Forest

ल्होत्से मलको लुटपाटमा चालक र सहचालक नै संलग्न : १५ जना पक्राउ

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी मनोज केसीले बताए ।

उनले भने भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं थप केही निगरानीमा छन् । पक्राउ परेका मध्ये ७ जना महानगर बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu