Connect with us
Kapilvast Forest

लालपुर्जा विहीन हुम्लाको मासपुरवासी

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

हुम्ला- जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँमा स्थानीयको हातमा पच्चीस वर्षदेखि लालपुर्जा पर्न सकेको छैन । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा नपरेको पाइएको छ ।

मासपुरका स्थानीय केशबहादुर रोकायाले जग्गा नापी भएको २५ वर्षसम्म आफ्नो हातमा लालपुर्जा नपरेको बताउनुभयो । उहाँले जग्गा नापी भए पनि आफ्नो नामको लालपुर्जा मालपोत कार्यालयमा भए नभएको कुनै जानकारी समेत नभएको बताए ।

जग्गा उपभोग गरी रहेको भए पनि आफ्नो हातमा कुनै प्रमाण नभए बताउँदै उहाँले जग्गाको प्रमाण आवश्यक परे देखाउन नसक्ने अवस्थामा रहेको बताउनुभयो । प्रमाण हातमा नभएको कारण व्यवहारिक रूपमा उपभोग गरेको जग्गा आफ्नो भए पनि कानुनी रूपमा त्यो भन्न नमिल्ने अवस्था छ ।

उक्त गाउँका वडा सदस्य धनबिरे रोकायाले नापी भएको जग्गाको लालपुर्जा मालपोत कार्यालयमा भएको जानकारी आफूलाई आए पनि स्थानीय सिमकोट पुगेर लालपुर्जा लिन सक्ने अवस्थामा नरहेको जनाउनु भयो ।

उहाँले मासपुरबाट सिमकोट आई पुग्न चार दिन पैदल लाग्ने भएको कारण पनि लालपुर्जा लिनका लागि स्थानीयले आनाकानी गरिहेको बताउनुभयो । उहाँले धेरै जसो जग्गा धनी वृद्ध महिला र अपाङ्ग भएको कारण हालसम्म सदरमुकाम सिमकोट पुगेर लालपुर्जा ल्याउन नसक्ने अवस्था रहेकोजानकारी दिनुभएको हो ।

मासपुरवासीले लालपुर्जा लिन शारीरिक कष्टका साथै आर्थिक व्ययभार पनि गर्नुपर्ने अवस्था रहेको छ । गाउँवासी सबै सिमकोट पुगेर लालपुर्जा लिन जान सक्ने अवस्था नरहेको कारण उहाँले मालपोत कार्यालयमा भएको लालपुर्जा गाउँमै वितरण गर्ने व्यवस्था गर्न कार्यालय र गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu