Connect with us
Kapilvast Forest

आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- चार महिना शीर्षस्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई उसैको मैदानमा ३-१ गोलले हरायो । सिटी नोभेम्बर महिनापछि शीर्षस्थानमा उक्लिएको हो ।

सिटीको जितमा केभिन डि ब्रुयन ज्याक ग्रेलिस र अर्लिङ ब्राउट हालान्डले गोल गर्नुभयो । आर्सनलका बुकायो साकाले सान्त्वना गोल फर्काउनुभयो । सिटीले २४ओं मिनेटमा ब्रुयनको गोलबाट अग्रता लिएको थियो । उहाँले आर्सनलका रक्षकको गल्तीमा खाली पोस्टमा गोल गर्नुभएको थियो ।

त्यसपछि ४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई बलाबरीमा ल्याउनुभयो । डिबक्सभित्र सिटीका गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फल हानेपछि आर्सनलले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि ग्रेलिसले ७२औं र हालान्डले ८२औं मिनेटमा गोल गर्दै सिटीलाई सजिलै जिताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu