Connect with us
Kapilvast Forest

तातोपानी नाकामा चीन–नेपालका अधिकारीबीच बैठक

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

सिन्धुपाल्चोक- तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चीन सरकारका तर्फबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुन बोर्डर कन्ट्रोल प्रमुख सु गाङ खासा अनुसन्धान प्रमुख गे साङ सहायक प्रमुख युन डान न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्धय डान डुओ र जियान क्यान न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी झुनझुल लगायत सहभागी रहेको प्रजिअ न्यौपानेले बताउनु भयो ।

नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने सीमा सुरक्षा सशस्त्र प्रहरीका एसपी रवि केसी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बाल नरसिंह राणा अध्यागमन कार्यालयका प्रतिनिधि लगायतका अधिकारीहरू बैठकमा सहभागी थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu