Connect with us
Kapilvast Forest

महिलालाई पन्चैबाजा बजाउने तालिम

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

चरीकोट- दोलखाको भीमेश्वर नगरपालिकाले महिलाका लागि पन्चैबाजा बजाउन तालिम सुरु गरेको छ । महिलामा पन्चैबाजा बजाउने सीप हस्तान्तरण, संरक्षण र प्रवद्र्धनसँगै महिलाको आयआर्जनमा सघाउन वडाले तालिम सुरु गरेको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ऐतिहासिक मौलिक सांस्कृतिक र सामाजिक महत्त्वको पन्चैबाजा विस्थापन हुने खतरा बढेकाले संरक्षणमा सबै जुट्नु्पर्ने खाँचो छ । आधुनिक बाजाको प्रभाव र युवा पुस्ताको बेवास्ताले अचेल पन्चैबाजा बज्न छाड्दा सामाजिक सांस्कृतिक उत्सवको रौनकता घट्नुका साथै संस्कृतिसमेत लोपोन्मुख बनेको छ ।

सरकारी क्षैत्रबाटै पन्चैबाजा संरक्षण र संवद्र्धन गर्नुपर्ने आजको आवश्यकता हो । पन्चैबाजाको संरक्षणसँगै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण हुने वडावासीको सल्लाह सुझावअनुसार तालिम आयोजना गरिएको हो ।

वडाध्यक्ष श्रेष्ठले भन्नुभयो वडाका महिलालाई नमुना पन्चैबाजा टोलीका रूपमा विकास गर्न वडाले सकेको सहयोग गर्नेछ । तालिमबाट प्राप्त कला सीप प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रूपान्तरणको अभियानमा सहभागी हुन तालिमका सहभागीलाई उहाँले आग्रह गर्नुभयो ।

गाउँका युवा पलायन हुँदै गर्दा पन्चैबाजा बजाउने सीप हस्तान्तरण हुन नसकेका बेला महिलालाई तालिम प्रदान गरी वडाले सकारात्मक कार्य सुरु गरेको स्थानीय अगुवा महिला तारा नेपालीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu