Connect with us
Kapilvast Forest

शुद्धोधनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

इमरान हुसेन, कपिलवस्तुको शुद्धोधन गाउपालिकामा चौथो शुद्धोधन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरुवात भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको शुद्धोधन गाउपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु भएको हो । खेल वडा नम्बर २ को वरगदहवाको खेलमैदानमा सुरू भएको छ । खेलको शुभरम्भ कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरीले उदघाटन गरेका हुन् ।

चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए । खेलले खेलाडी उत्पादनमा मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै । कार्यक्रममा विद्यार्थी खेलाडीहरूको अग्रिम बिजयीको शुभकामना व्यक्त गरे ।

शुद्धोधन गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी वडाअध्यक्ष तिलक राम यादव वडाअध्यक्ष मनोज कुमार यादव वडा अध्यक्ष महिब्बुदिन मुसलमान वडा अध्यक्ष बिजय बहादुर यादव लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिंदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताए ।

यस कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउनुभएको थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu