Connect with us
Kapilvast Forest

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना : १३ गते उम्मेदवारी दर्ता

२०७९, ८ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- नयाँ बानेश्वरस्थित सङ्घीय संसद् परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय सोमबार स्थापना भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

आयुक्त थपलियाले निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने जानकारी गर्नुभयो ।

उहाँले पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu