Connect with us
Kapilvast Forest

विमानस्थल अध्यागमनको सर्भर नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

२०७९, ८ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा सयौं यात्रु समस्यामा परेका छन् । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ ।

अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्ने भएकाले अवतरणमा समेत समस्या हुने जोखिम छ । अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले भने विमानस्थलभरि इन्टरनेट सेवामा समस्या आएकाले अध्यागमनको सेवा रोकिएको दाबी गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu