Connect with us
Kapilvast Forest

बालिका र किशोरीहरुलाई साईकल र सिलाई कटाई तालिम

२०७९, १३ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु– बालिका र किशोरीहरुको शिक्षा पहुच बढाउन कपिलवसतुको मायादेबी गाउपालिकामा उनीहरुलाई साईकल र सिलाई कटाई तालिम दिइएको छ । कतार च्यारिटीको स्पोन्सरसिपमा बालिका शिक्षालाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ लुम्बिनी एकिकृत बिकास संस्थाले छात्रालाई साईकल र किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिइएको हो ।किशोरीलाई ३ महिने सिलाइए कटाई तालिम समेत दिइएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत १२ छात्रालाई साईकल बितरण गरिएको हो ।

लिडो नेपाल अध्यक्ष तथा निर्वतमान साँसद अतहर कमाल, कतार च्यारिटी नेपालका कन्ट्री डाईरेक्टर मुहम्मद वकास, कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख, मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान र वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेन लगायतले गरिब र जेहेन्दार छात्राहरुलाई साईकल हस्तान्तरण गरेका हुन । वालिका शिक्षालाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिका सँगको सहकार्यमा साईकल बितरण र सिलाईए कटाई तालिम गरिएको लिडो नेपाल अध्यक्ष तथा निर्वतमान साँसद अतहर कमाले बताए । उनले यसले बालिकार किशोरी शिक्षा प्रबद्र्धनमा सहयोग पुग्ने उनले बताए ।

संस्थाले जिल्लामा बिगत १० बर्ष यता उपलब्धीमुलक रुपमा काम गरेको उनले बताए । छात्राहरुको शैक्षिक उपलब्धी बृद्धिका लागिसाईकल बितरणले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए । पालिकाले समेत गरिब र जेहनदार बिद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।८ मा अध्ययनरत छात्रा ईन्द्रावती पासीले साईकलले केही भए पनि सहजता भएको बताईन । छात्रालाई साईकल बितरण गरेर बालीकालाई शिक्षाका लागि प्रोत्साहित गरिएको वडा नम्बर २ का अध्यक्ष मोहम्मद हुसेनले बताए । बिद्यालय केन्द्रित कार्यक्रम प्रभावकारी भएको र छात्रालाई शिक्षा लिनका लागी थप प्रोत्साहित गरेको बिद्यालय व्यवस्थापन समितीका महेन्द्र धोबीले बताए ।

कतार च्यारिटीका कार्यक्रम व्यवस्थापक ईरशाद अली शेखलेबिद्यालय आवत जावतको समय बचत गराई शिक्षा आर्जनका लागि प्रयाप्त समय प्रदान गर्न साईकल बितरण गरिएको बताए । कतार च्यारिटीका कन्ट्री डाईरेक्टर मुहम्मद वकासले छात्रालाई सुरक्षा र सहजताका साथ शिक्षा आर्जनमा सहयोग पुर्याउन साईकल बितरण गरिएको बताए ।

कपिलवस्तु जिल्लामा ५ बर्ष यता कतार च्यारिटीले शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको कार्यक्रममा स्पोन्सरसिप गर्दै आएको जनाउदै पालिका तह सँगको समन्वयमा गरिएको कार्यक्रमले प्रभावकारीता बृद्धि भएको उनले बताए । किशोरी शिक्षलाईृ प्रोत्साहीत गर्न कतार च्यारिटीको स्पोन्सरसिपमा लिडो नेपालको सञ्चालनमा गाउँपालिकाको वडा नम्बर ८ बिजुवामा १० जना र वडा नम्बर ५ बलुहवामा ११ जना गरि २१ किशोरीका लागी तिन महिने सिलाई कटाई तालिमको उदघाटन गरिएको छ ।

लिडो नेपाल र कतार च्यारिटीका प्रतिनिधी सगै गाउँपालिका तथा सम्बन्धित वडाका जनप्रतिनिधीहरुको उदघाटन कार्यक्रममा सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमदले यस क्षेत्रलाई लक्षित गरि कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे । सिलाई कटाई तालिममा सहभागी किशोरीले सिप आर्जन गरे पछि आजआर्जनका गतिबिधीमा लाग्नेमा कार्यक्रम व्यवस्थापक ईरशाद अली शेख बिश्वास व्यक्त गरे ।

किशोरीका लागि तोकिएको समय भन्दा बढि तालिम सञ्चालन गरिएको जनाउदै सिप प्राप्ती पछि आत्मनिर्भर बन्न प्रेरित गरिने अध्यक्ष कमालले बताए । कार्यक्रममा लिडोका कार्यक्रम संयोजक रामनरेश चौधरी, लक्ष्मी चौरसिया लगायतले तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन संस्थाले गरेको पहल बारे जानकारी दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu