Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा अन्जुमन र जल्सा कार्यक्रम हुने

२०७९, १२ फाल्गुन शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा अन्जुमन र जल्सा कार्यक्रम हुने भएको छ ।
चन्द्रौटा रहेको मदरसामा फागुन १८ गते (मार्च २ तारिख) विहिबार विहान देखि अन्जुमन कार्यक्रम हुने भएको छ ।

बालबालिकाहरु विच अङ्ग्रेजी, नेपाली, अरवी, उर्दु भाषामा प्रतियोगिता हुने कार्यक्रम संयोजक मौलाना ताजुद्दिन सेराजीले बताउनु भयो ।

मदरसा जियाउल उलुम, मदरसा उसमान विन अफ्फान, मदरसा निस्वाँ (गर्ल कलेज) को सयोजनामा अन्जुमन र जल्सा कार्यक्रम हुने भएको संयोजक सेराजीले जानकारी दिनुभयो ।

बालबालिकाको तकरिर, शयरी, कुरान बचान प्रतियोगिता हुनेछ । उक्त समारोहमा मौलाना समिम अहमद नदवीको प्रमुख अतिथ्यता रहनेछ । त्यस्तै कार्यक्रम शिवराज नगरपालिकाको कार्यालय र वड कार्यालयको सहकार्य रहेको छ ।

जल्सा समारोहमा मौलाना खुर्शिद अहमद शल्फी, मौनाला मसहुद नेपाली, मौलाना मोजिबुद्दिन मदनी, मौलाना वसिउल्लाह मदनी, मौलाना खालिद रसिद, मौलाना कारुद्दिन रियाजी, मौलाना डा. अब्दुल गनी अल्कुफी, मौलाना मोह्हम्द नसिफ शल्फी लगायतका मौलानाहरुले तकरिर गर्नेछन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu