Connect with us
Kapilvast Forest

कपिलवस्तुको वनमा महासमय सुत्त पाठ हुदै-फोटो फिचर

२०७९, १८ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु-
बौद्धधर्ममा महत्वपूर्ण मानिएको वाणगंगा नगरपालिका ८, बालाकण्ठ बराजु स्थित महावनमा महासमय सुत्त पाठ गर्न थाईल्याण्डबाट भिक्षु, उपासक उपासिकाहरु आएका छन् ।
थाईल्याण्डका लम्फुन, लम्पाङ र महेङसोङ प्राप्तका पूर्व गर्भनर (प्रदेश प्रमुख) डा. डिरेक कोनक्लेभ नेतृत्वमा आएको टोलीले महासमयसुत्त पठा गरेका छन् ।

भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेर १५ वर्ष पछि आएका बेला रोहिणी नदीको पानीको विषयलाई लिएर कोलिय र शाक्यहरु बिच झगडा भईरहेका बेला उनीहरुलाई संझाई बुझाई महासमय सुत्त पाठ देशना गरिएको थियो ।

बुद्धको जीवनकालमा एक पटक मात्र देशना गरिएको उक्त सुत्त कपिलवस्तुको महावनमा जेष्ठ पूर्णिमाका दिन प्रवचन दिएको बौद्ध ईतिहासमा उल्लेख छ । थाईल्याण्डका विभिन्न ५ प्रान्तबाट आएका ५० जना भिक्षु, बौद्ध धर्मावलम्बी र उपासक उपासिका आएका हुन् । टोलीमा थाईल्याण्डका ठूला ब्यापारी, सेवा निबृत्त सेनाका मेजर, चिकित्सक सरकारी कर्मचारी रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu